प्रहरीको उच्च निगरानीमा रवि, भाग्ने तयारीमा थिए छवि

काठमाडौं – गृहमन्त्री रमेश लेखकको निर्देशनपछि सहकारी ठगी आरोपमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनी भाग्न लागेको सूचना पाएपछि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी छानबिन समितिले जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राई र कुमार रम्तेललाई सहकारीको रकम दुरुपयोग गरेको आरोपमा कारबाहीको सिफारिस गरेको थियो ।

रवि लामिछानेमाथि निगरानी बढाइएको छ, तर अदालतबाट पक्राउ पुर्जी नआएसम्म उनलाई पक्राउ नगरिने प्रहरीले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post प्रहरीको उच्च निगरानीमा रवि, भाग्ने तयारीमा थिए छवि appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491175/