स्याङ्जामा प्रजातान्त्रिक सेनानी संघ गठन

स्याङ्जा । प्रजातन्त्र ल्याउन योगदान गरेका पुराना नेताहरुको जिल्ला भेलाले प्रजातान्त्रिक सेनानी संघ गठन गरिएको छ । नेपाली काँग्रेस पाटीसगँ समर्थित प्रजातन्त्रिक सेनानीहरुको भेलाले स्याङ्जामा संघ गठन गरिएको हो । भेलाले प्रजातान्त्रिक सेनानी तारापति सुवेदीको अध्यक्षतामा १७ सदस्यीय प्रजातान्त्रिक सेनानी संघ जिल्ला कार्य समिति गठन गरिएको छ । अध्यक्षमा चयन भएका सुवेदी २००७ सालदेखी प्रजातन्त्रका लागि निरन्तर लडेका व्यक्ति हुन् ।

प्रजातन्त्रिक सेनानी संघको उपाध्यक्षमा टीकाराम ढकाल, सचिवमा लक्ष्मण प्रसाद भट्टराई, कोषाध्यक्षमा भक्तबहादुर मल्ल चयन भएको नेपाली काँग्रेस स्याङ्जाका कार्यबहाक सभापति केदार काफ्लेले जानकारी दिए । कार्यबहाक सभापति काफ्लेलेका अनुसार प्रजातान्त्रिक सेनानी संघको सदस्यहरुमा रामकृष्ण अधिकारी, जिवलाल काफ्ले, बोधराज रेग्मी (गोविन्द), दिर्घनारायण अर्याल, अम्बिका देवी पौडेल, रामनाथ शर्मा, मेघबहादुर खड्का, हिरण्य आचार्य, खगराज भट्टराई, गीता भट्टराई, कर्मविर नेपाली, ओमनाथ शर्मा र रामबहादुर आले चयन भएका छन् ।

प्रजातान्त्रिक सेनानी संघका पदाधिकारी र सदस्यहरुलाई कार्यबहाक सभापतिले खादामाला लगाएर बधाई दिदै प्रजातन्त्र प्राप्तीका लागि उहाँहरुले गरेको योगदान नेपाली काँग्रेसले कहिल्यै भुल्न नहुने बताए । हिजोका दिनमा व्यवस्था परिवर्तनमा प्रजातान्त्रिक सेनानीको ठुलो भुमिका रहेको बताउदै कार्यबहाक सभापति काफ्लेले उहाँहरुको भुमिकालाई नेपाली काँग्रेसले सधै सम्मान गनुपर्ने धारणा राखे । भेलामा नेपाली काँग्रेसका महासमिति सदस्य भागवतप्रकाश मल्ल, जिल्ला पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी, नेपाली काग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

The post स्याङ्जामा प्रजातान्त्रिक सेनानी संघ गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101068/