अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ

काठमाडौं ।

काठमाडौँको चाल्नाखेलमा बन्धक बनाएर राखिएकी महिलालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पीडितलाई सकुशल उद्धार गरेको छ ।

बन्धक बनाउने काममा संलग्न एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको हाे ।

विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् । अपहरणमा संलग्न एकजना फरार छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Source : https://newsofnepal.com/2024/10/23/674892/