अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं। 

वैदेशिक रोजगारमा अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ धुनिवेशी नगरपालिका-८ जीवनपुर घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्तौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

गर्तौलाले अस्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद १७ लाख रूपैयाँ  लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दरबारमार्गबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Source : https://newsofnepal.com/2024/10/24/675090/