उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन

काठमाण्डाै – उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सन्दर्भमा आवश्यक अध्ययन तथा सुझावका लागि समिति गठन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गर्नुभएको हो । समितिको सदस्यमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् । समितिको सदस्य सचिवमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल रहनुभएको छ...

Source : https://ujyaaloonline.com/story/108075/2024/10/23/committee-for-medicines-at-reasonable-prices