उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेको छ । उदयपुरको बेलका नगरपालिका–८ मा श्रीमान ४८ वर्षिय दानबहादुर राईले आङ्खनै श्रीमति ४० वर्षिय पुर्णकुमारी राईको आगो लगाएर हत्या गरेको हो ।

श्रीमानले शरीरमा मट्टितेल खन्याएर आगो लगाई घाईते भएको श्रीमतिको मंगलवार उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गत २२ असोजमा सामान्य घरायसी विवादका कारण श्रीमानले घरको भान्सा कोठामा श्रीमतिको शरीरमा मट्टितेल खन्याएर आगो लगाएका थिए । आगलागीबाट दुबै खुट्टा, छातिको भाग जलेको पुर्णकुमारी राईलाई उपचारको लागी पारस अस्पताल बिराटनगर पु¥याईएको थियो ।

उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न राईलाई नियन्त्रण्मा लिएर थप आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिारी प्रहरी नायब उपरिक्षक राजन चाँपागाईले जानकारी दिए ।

The post उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102572/