क्यानडामा सिख व्यापारीको हत्या स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट

क्यानडामा सिख व्यापारीको हत्या गरेको स्वीकार गर्ने दुई जनाबीच अदालतमै कुटाकुट भएको छ । सन् १९८५ मा एअर इन्डियाको विमानमा भएको बम विस्फोटनको मुद्दामा निर्दोष साबित भएका एक व्यक्तिलाई गोली प्रहार गर्ने दुई व्यक्तिले क्यानडाको एउटा अदालतमा आफू दोषी भएको स्वीकार गरेका हुन् । लगत्तै उनीहरुबीच मुक्का हानाहान भएको बीबीसीले जनाएको छ । सिख व्यापारी रिपुदमन सिंह मलिकको सन् २०२२ मा हत्या भएको थियो । उनीहरूको मुद्दामा अक्टोबर ३१ का लागि तोकिएको इजलासले फैसला सुनाउने छ । सन् २०२२ को एप्रिल १४ मा मलिकलाई ब्रिटिश कोलम्बियाको सरीमा उन...

Source : https://ujyaaloonline.com/story/108063/2024/10/22/fight-in-court-two-people-canada