गौशाला धर्मशालाबाट तत्काल मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ।

उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार समितिलाई तत्कालका लागि नहटाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो

आफूलाई गैरकानूनी रुपमा धर्मशालाबाट निकाल्न खोजेको भन्दै मारवाडी सेवा समितिले पशुपति क्षेत्र विकास समिती, काडमाडौं महानगरपालिका सहित ११ वटा निकाय विरुद्ध रिट निवेदन दर्ता गरेको थियो ।

अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई छलफलका लागिसमेत बोलाएको छ ।

Source : https://newsofnepal.com/2024/10/18/674021/