चोभारको आदिनाथ मन्दिरमा एक महिने मेला शुरु

काठमाण्डौ – काठमाण्डौको चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि शुरु भएको छ । हरेक वर्ष असोज शुक्ल पूर्णिमाका दिन शुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । मेलामा काठमाण्डौ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । यस मेलामा सहभागी भएमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास छ । मेला अवधिभर हरेक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्छ । यस्तै मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंव...

Source : https://ujyaaloonline.com/story/107860/2024/10/17/month-long-fair-begins-adinath-temple-chobhar