टोकियोमा बडा दशैं तथा दीपावली विशेष शुभकामना साँझ हुने

टोकियो – नेपालीहरुको महान पर्वहरु बडा दशैं, दीपावली, नेपाल सम्बत, छठ लगायतका पर्वहरुको अवसरमा ग्लोबल फोरम जापानले शुभकामना आदान प्रदान सहितको साँगीतिक साँझ गर्ने भएको छ ।

यहि अक्टोबरको २० तारिख आईतबारका दिन रोयाल गार्डेन रेष्टुरेन्टमा अपरान्ह १२ बजेदेखि उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक रामशरण रसाईलीले समुद्रपारिलाई जानकारी दिए ।

कार्यक्रममा वरिष्ठ गायक तथा टुङ्ना वादक बीरबहादुर बिक, गायक सुजन परियार, गजलकार ज्ञानलाल शाष्त्री, कलाकारहरु राज बिक, झरना बराईली र स्मृति बिश्वकर्माको साँगीतिक तथा साहित्यिक प्रस्तुती रहने संयोजक रसाईलीले बताए ।

‘समतामुलक समाज निर्माणमा प्रवासी नेपालीहरु एक हौं’ भन्ने सँस्थाको मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली पर्वहरुको अवसरमा शुभकामना आदान-प्रदान गरिनुका साथै नेपालबाट जापान भ्रमणका क्रममा रहेका चर्चित कलाकारहरुको विशेष साँगीति प्रस्तुती रहने र उनीहरुलाई स्थानीय कलाकारहरुले पनि साथ दिने आयोजक सँस्थाकी अध्यक्ष मुना सुनारले बताईन् ।

कार्यक्रममा उत्साहजनक सहभागिताका लागि जापानबासी नेपालीहरुमा आयोजक संस्था ग्लोबल फोरम जापानले अपिल पनि गरेको छ ।***

The post टोकियोमा बडा दशैं तथा दीपावली विशेष शुभकामना साँझ हुने appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493085/