जावलाखेलमा पुष्प मेला (तस्वीरहरू)

काठमाण्डौ – ललितपुरको जावलाखेलमा आजदेखि १७ औं गोदावरी फूलको प्रदर्शनी शुरू भएको छ । पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले तिहार लक्षित प्रदर्शनी आयोजना गरेको फ्लोरिकल्चर एसोसिएशनले जनाएकाे छ । कार्यक्रममा गोदावरी फूलका नयाँ प्रजातिका फूल र बिरुवाको प्रदर्शनी तथा बिक्री हुन्छ । सयपत्री, मखमली तथा अन्य सिजनल फूलका बिरुवा पनि प्रदर्शनीमा राखिएको एसोसिएशनले जनाएको छ । प्रदर्शनीमा ७५ वटा स्टल रहेका छन् । चार दिनसम्म चल्ने प्रदर्शनीमा ४० हजार जनाभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

Source : https://ujyaaloonline.com/story/108124/2024/10/24/festival-of-flower-in-lalitpur