झापामा बसको ठक्करबाट हजुर बुबा र नातिनीको घटनस्थलमै मृत्यु

बिराटनगर । यात्रु लिएर काँकरभिट्टाबाट काठमाडौं जाँदै गरेको रात्रि बसको ठक्करबाट झापामा हजुरबुबा र नातिनीको मृत्यु भएको छ । पूर्ब –पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकवहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ट प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए।

मृतक नातिनीको नाम खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि स्थानीयले पूर्व – पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने दुर्घटनामा सम्लग्न बस तोडफोड गरेका छन् । प्र. १–०१ –००१ ख ४३३१ नम्वरको बसले पश्चिम दिशा तर्फ गइरहेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो । साइकलमा सवार हजुरबुबा र नातिनीको घटनास्थलमै मृत्यु भएसंगै स्थानीयले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

The post झापामा बसको ठक्करबाट हजुर बुबा र नातिनीको घटनस्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102667/