मन्त्री चौधरीद्वारा श्रीमति भान्सेमा नियुक्त

धनगढी । आफ्नो हात जगन्नाथ भने झै सुदूरपश्चिम प्रदेशका एकजना मन्त्रीले आफ्नी श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको पाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले भान्सेमा आफ्नै श्रीमतीलाई नियुक्त गरेर तलब खुवाइरहेको पाइएको हो ।

गत २२ साउनमा मन्त्री नियुक्त भएका लक्ष्मणकिशोरले आफ्नी श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेका हुन् । मन्त्री लक्ष्मणकिशोरले श्रीमती सरस्वती चौधरीलाई भान्सेमा नियुक्ति गरेर तलब समेत खुवाइरहेको मन्त्रालय स्रोतले बताएको छ ।

श्रीमतीलाई भान्सेमा नियुक्त गरी तलब खुवाइरहेको ’bout मन्त्री लक्ष्मणकिशोरले भान्सेका रुपमा एक जना मुक्तकम्लरी राखेको तर आफ्नो स्वास्थ्य अवस्था जटिल रहेकोले श्रीमतीले खाना पकाउने गरेको बताए । उनले भने–‘म लामो समयदेखि विरामी छु, चिल्लो, पिरो खान मिल्दैन, श्रीमतीलाई मेरो स्वास्थ्य र खानाका ’boutमा थाहा छ । मलाई श्रीमतीले खाना पकाउँछिन् अरुलाई भान्सेले ।’

किड्नीको बिरामी रहेका मन्त्री लक्ष्मणकिशोरले यसो दावी गरेपनि मन्त्रालय स्रोतका अनुसार उनले आफ्नी श्रीमती सरस्वतीलाई भान्सेमा नियुक्ति गरेर तलबसमेत खुवाइसकेका छन् । मन्त्रालय स्रोतका अनुसार मन्त्री लक्ष्मणकिशोरले मन्त्रालयका एकजना कार्यालय सहयोगीलाई आफ्नो घरमा घरेलु काममा लगाइरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित लक्ष्मणकिशोर नागरिक उन्मुक्ति पार्टिका संस्थापक सदस्य समेत हुन् ।

The post मन्त्री चौधरीद्वारा श्रीमति भान्सेमा नियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102663/