ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्था शुरु

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरेमा चालकलाई डिजिटल चिट दिने व्यवस्थाको शुरुवात भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज भएको कार्यक्रममा नयाँ प्रणालीको सुभारम्भ गरिएको हो ।नियम उलङ्घन गरेका चालकले जरिवाना रकम डिजिटल पेमेन्ट वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिलो चरणमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था कार्यान्वयन गरिएको हो । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।डिजिटल चिट दिने व्यवस्थाको शुरुवात गर्दै गृहमन्त्री लेखकल...

Source : https://ujyaaloonline.com/samachar/107997/2024/10/20/introduction-digital-chit-system-to-drivers