डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका

काठमाण्डाै – डँडेलधुरामा रात्रिबस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच जना पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको हाे । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चाैडी नगरपालिका–१० की गोवणी महराको शव बिहान घटनास्थलबाट निकालिएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको ना ८ ख १०७८ नम्बरको बस गएराति डँडे...

Source : https://ujyaaloonline.com/story/107832/2024/10/16/death-toll-has-reached-5-in-dadeldhura-accident