दिपिकालाई फ्यानको साथ

बलिउड अभिनेत्री दीपिका पादुकोणमाथि भारतको एक कार्यक्रममा मजाक उडाइएपछि उनका फ्यानले भने ती कमेडियनलाई ट्रोल बनाइदिएका छन्।

हालै इन्डियाज् गट ट्यालेन्ट नामक कार्यक्रमलाई लिएर एक किसिमको हंगामा शरू भएको छ। शोमा सहभागी बन्टी बनर्जी नामकी प्रतियोगीले दीपिकाको डिप्रेशनबारे चर्चा गर्दै त्यसको मजाक उडाएकी छन्।

‘दिपिका पादुकोण पनि हालै आमा बनेकी छन्। अब उनलाई थाहा हुनेछ कि असली डिप्रेशन के हो,’ शोमा ती महिलाले दीपिका र रणवीर सिंहको छोरी दुआको जन्मलाई जोडेर बनाइएको प्रस्तुतिमा भनेकी छन्। उनले यसो भनिरह“दा शोका निर्णायक मज्जा लिएर हाँसिरहेको देखिन्छन्।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ भने ती कमेडियन कसैको मानसिक अवस्थाको बारेमा मजाक उडाएको भनेर विभिन्नखालका गाली गलौजको सामना गरिरहेकी छन्। अधिकांशले दीपिका मानसिक स्वास्थसँग लड्दै आएकी र यसको क्षेत्रमा काम गर्दै आएको जनाउँदै मानसिक समस्याले कयौंको ज्यान लिइरहेको भए पनि यस्तो कार्यक्रममा यही विषयलाई मजाक बनाइएको बारेमा असन्तुष्टि व्यक्त गरेका छन्।


दीपिकाले मानसिक स्वास्थ्य जागरुक अभियानका लागि सन् २०१५ मा द लिभ लभ लाइफनामक संस्था खोलेकी छन्। त्यस्तै डिप्रेशनसँग जुध्दै आएकाहरूका लागि सन् २०१६ मा मोर देन जस्ट स्याडनामक अभियानसमेत चलाउँदै आएकी छन्।

Source : https://newsofnepal.com/2024/11/21/679233/