देशभरको मौसम सफा, पहाडी भेगका केही ठाउँमा पानी पर्ने सम्भावना कायमै

काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा छ । तर देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज कोशी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यट...

Source : https://ujyaaloonline.com/story/108102/2024/10/24/there-is-still-a-chance-of-rain-in-some-parts-