नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि

काठमाण्डौ – नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो । नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो ...

Source : https://ujyaaloonline.com/story/107953/2024/10/19/second-t20-match-between-nepal-usa-tomorrow