पाेखरामा रास्वपा नेता कार्यकर्ताले आज पनि आन्दाेलन गरे

काठमाण्डाै – कास्कीकाे पोखरामा जम्मा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि आन्दोलन गरेका छन् । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न आज अनुमति दिएसँगै निरन्तर आन्दोलन गर्दै आएका पार्टीका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ । पछिल्लो एक हप्तादेखि भइरहेको प्रदर्शनले पोखराको जनजीवन पनि प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीका पीडित र राष्ट्रिय...

Source : https://ujyaaloonline.com/story/108132/2024/10/24/protest-of-rsp-leaders-supportes-in-pokhara