प्रधानमन्त्री नेतन्याहुको निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलको दाबी

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई लक्षित गरी लेबनानबाट ड्रोन आक्रमण भएको इजरायलले दाबी गरेको छ । इजरायलको प्रधानमन्त्री कार्यालयले आज विज्ञप्ति निकालेर नेतन्याहु र उहाँकी पत्नी सारा ड्रोन आक्रमणको समयमा घरमा नभएको तथा घटनामा कुनै पनि क्षति नभएको उल्लेख गरेको छ । आज बिहान लेबनानबाट प्रहार भएका अन्य दुई ड्रोन इजरायलको हवाई सुरक्षा निकायले खसालेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । 

Source : https://ujyaaloonline.com/story/107955/2024/10/19/israel-claims-droneattack-lebanon-targeted-pm-home