भक्तपुरको गुण्डुका बासिन्दालाई तिहारका लागि माला उन्न भ्याइनभ्याइ (फोटो फिचर)

काठमाण्डौ – भक्तपुरको गुण्डुका बासिन्दालाई तिहारमा विशेष माग हुने माला उन्न भ्याइनभ्याइ छ । तर यस वर्ष फूल राम्रो नभएको उनीहरु बताउँछन् ।  गुण्डुकी जानु कार्की यस वर्ष धेरै पानी परेकाले फूल राम्रो नभएको बताउनुहुन्छ । उहाँले माला र फूलको मूल्य भने अघिल्लो वर्षको जस्तै रहेको बताउनुभयो । एउटा मालाको २५ रुपैयाँसम्ममा बेच्ने गरेको बताउनुभयो ।   स्थानीय सुमित्रा कार्की पनि फूल उत्पादन राम्रो नभएको गुनासो गर्नुहुन्छ । युवा पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने...

Source : https://ujyaaloonline.com/story/108062/2024/10/22/garlands-to-the-residents-of-gundu-for-tihar