भारतबाट काठमाडौं आएको विमानमा बम राखिएको हल्ला, सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौं। भिस्तारा एयरको बिमानमा बम राखिएको सूचनापछि सुरक्षाकर्मीहरुले विमानको चेकजाँच गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिस्तारा एयरको विमानमा बमको सूचनापछि नेपाली सेनाको बम डिस्पोजल टोलीसहित विमानमा पुगेका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएप मार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्। […]

Source : https://www.dcnepal.com/2024/10/606741/