मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु

मनाङ– मनाङमा लेक लागेर एकजना विदेशी पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको हो ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताएका छन् ।

लेक लागेर मृत्यु भएको सूचना प्राप्त भएलगत्तै प्रहरी घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको हो । घटनास्थलबाट १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/184982/