महिला अपहरणमा परेको सूचना पाएपछि प्रहरीको टोली परिचालित

काठमाडौं– कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको सूचना पुगेपछि प्रहरीको टोली परिचालित भएको छ । महिलालाई बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको हो।

महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको प्रहरी स्रोतले बताएको छ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले आशंका गरेको छ ।

Source : https://onlinetvnepal.com/2024/10/185179/