माडवाडी सेवा समितिद्वारा उच्च अदालतमा मुद्दा दायर 

काठमाडौँ ।

 पशुपति गौशाला धर्मशालामा आफ्नो मोहियानी हक खोज्दै माडवाडी सेवा समितिले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएका छन् । समितिका अध्यक्ष प्रमोद चौधरीले निषेधाज्ञा माग गर्दै मुद्दा दर्ता गरेको जानकारी दिए । न्युज अफ नेपालसंग कुराकानी गर्दै अध्यक्ष चौधरीले भने–हामी कानुनको राजमा चलेका हौ, सम्मानित अदालतले जे आदेश दिन्छ त्यो स्वीकार्न तयार छौ ।  पशुपतिक्षेत्र विकास कोषले धर्मशाला खाली गर्न आग्रह गर्दै काठमाडौ महानगरपालिकासंग गुहार मागेको थियो ।

  कामपाले दैनिकजसो जोडर लिएर धर्मशालमा ब्यानर राख्न थालेपछि समिति र महानगरबीच विवाद भएको थियो । सो विवाद पछि प्रहरीले कामपाको डोजर  नियन्त्रणमा लिएको थियो । कोषले धर्मशाला खाली गरेर कामपालाई सञ्चालन गर्न दिनुपर्ने अवस्थामा कोषले महानगर प्रहरीको साथ लिएपछि कामपा र समितिबीच द्धन्द भएको थियो ।

समितिका अध्यक्ष चौधरीले यसअघि  २०७९ सालमा कामपाले गौशालामा  निर्माण भएको अनधिकृत संरचना हटाउन पुगेको थियो । लगत्तै  कोषले मुद्धा दायर गर्दा प्रतिवादीको रुपमा कामपाले अनधिकृत नभएको र भत्काउन आवश्यक नदेखिएको उल्लेख गर्दै अदालत समक्ष पत्र पठाएको थियो–दुई वर्षअघिको घटना स्मरण गराउँदै अध्यक्ष चौधरीले भने । फेरि  अदालतको अवहेलान गर्दै भत्काउन खोज्जु कामपको गलत नियत देखिएको छ ।

   सभाषद एवं  समितिका सदस्य विमल केडियाले कानुन र विधिमा चलेको मुलकमा कुनैपनि निकायले कानुनको उलंघन गर्न नहुने बताए । उनले कोष र कामपाले समितिसंग कुनैपनि सल्लाह नगरी एकाएक धर्मशाला खाली गर्न खोज्नु गलत नियत भएको बताए । ‘हामीमाथि होइन समाज, संस्कृति माथि प्रहार भएको छ । कानुनको धज्जी उडाउन खिजिएको छ । यसको हामीले विरोध गरेका हौ । कोहीमाथि आक्रमणमा उत्रिएका होइनौ’ –केडियाको भनाई छ ।

Source : https://newsofnepal.com/2024/10/17/673786/