रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त

काठमाडौँ ।

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन्।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Source : https://newsofnepal.com/2024/10/24/675092/