रौतहटबाट २ थान बन्दुक र खयरको डमरु सहित जिम्बा पक्राउ

रौतहट । रौतहटको डिभिजन वन कार्यालयको वन गस्तीटोलीले बुधबार बिहान राष्ट्रिय वन क्षेत्रबाट २ थान बन्दुक र खयरको २० थान डमरु सहित एकजनालाइ पक्राउ गरेको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर अन्तरगत गैडाटार सव डिभिजन वन कार्यालय रौतहटको रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको ५ जनाको गस्ती टोलीले बन्दुक र खयरको डमरुसहित एकजनालाइ पक्राउ गरेको हो ।

बिषेश सुचनाको आधारमा रौतहटको चन्द्रपुर नगरपालिका वाड नं ३ को राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गरि वसेको ख्याकु गाउँको कान्छामान जिम्वालाइ बन्दुक सहित पक्राउ गरेको रेन्जर लामिछानेले जानकारी दिएका छन ।

३ घण्टा वन क्षेत्रमा खोजेपछि जिम्बाको गोठमा खानतलाशी गर्दा भरुवा वन्दुक थान २ र खयरबाट तयार भएको डमरु थान २० बरामद गरेको रेन्जर लामिछानेले बताए ।

पक्राउ परेका कान्छामान जिम्बालाइ अबैध वन पैदावार हानी नोक्सानी र हातहतियार सम्बन्धी मुद्दा चल्ने र उनको ’boutमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख वन अधिकृत हेमन्त साहले बताए । सो क्षेत्रमा अबैध खयर कटानी गरेको सुचनाको आधारमा आफुले गस्तीटोली पठाएको उनले बताएका छन् ।

केही दिन अगाडी पनि रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ सानो खरियान डाडामा पनि वन अतिक्रमण हटाएर बिक्षारोपण गर्दा वन कर्मचारी माथि हातपात गर्न खोजेका थिए । वन क्षेत्र जोगाउन स्थानिय जनप्रतिनिधिहरुको सहयोग अति जरुरी भएको समेत वन प्रमुख साहको भनाइ छ ।

चुरेक्षेत्रमा रहेको खयरको तस्करी गर्ने एउटा गिरोह नै सक्रिय रहेको थियो । खयर दुर्लभ प्रजातिको रुखमा पर्दछ ।

यसैबिच रौतहट प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ बस्तीपुर टोलबाट एकनाले बन्दुक बरामद गरेको छ । मंगलबार साझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उक्त बन्दुक बरामद गरेको हो । बस्तीपुरटोलमा प्रहरी नियमित गस्ती जानेक्रममा एक ब्यक्तीले प्रहरीलाइ देख्नसाथ बोरामा हालेको बन्दुक फालेको अबस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिएका छन् । बन्दुक फाक्ने वा प्रयोगकर्ताको खोजि कार्य भइरहेको र सो ’bout थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

यसैगरी मंगलबार साझ नै रौतहट प्रहरीले करिब ३६ लाख मुल्य बराबरको अबैध समान बरामद गरी गौर भन्सार कार्यालयलाइ बुझाएको छ । जिल्लाको बिभिन्न नाकाबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउँदै गरेको एक लाख बाईस हजार बरावरको धान, केराउ र ३५ लाख मुल्य बराबरको भारतिय नम्बर BR01FY3209 कालो रङ्गको स्कारपियो गाडी सहित ३६ लाख बाईस हजार मुल्य बराबरको समान बरामद गरी गौर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता तथा डिएसपी दिपक रायले जानकारी दिएका छन् ।

The post रौतहटबाट २ थान बन्दुक र खयरको डमरु सहित जिम्बा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102654/