विद्यालयमा हस्तक्षेप गरेको भन्दै शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी

विना जानकारीको प्रधानाध्यापक बनाउनकै लागि एक शिक्षकलाई एकाएक ल्याएको भन्दै शिक्षकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा हस्तक्षेप गरेपछि नेपाल शिक्षक संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । विद्यालयको ताल्चा गुपचुप रुपमा फोडेर अन्य विद्यालयका एक प्रधानाध्यापकलाई शिक्षकको रुपमा हाजिर गराए पछि नेपाल शिक्षक संघ स्थानीय कार्य समिति जनकपुरधामले विरोधसमेत गरेको छ ।

संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयको प्रशासनिक कार्यालयको ताल्चा तोडेर हाजिर गराइएको भन्दै सो विद्यालयका नेपाल शिक्षक संघस्थानीय कार्यसमिति जनकपुरधामका स्थानीय अध्यक्ष गौरी शंकर लाल कर्णले विरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीय अध्यक्ष कर्णको अगुवाईमा शिक्षकहरुको एक टोलीले जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

उनीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई निर्णय नसच्याएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक बलिराम साहलाई समेत विना कुनै जानकारीको एकाएक उनको स्थानमा जगदीश साहलाई ल्याएर हाजिर गराएपछि जनकपुरधाम उपमहानगरले गरेको कामको विरोध गरेका छन् ।

शिक्षक जगदीश साह विवादित प्रधानाध्यापक रहेको भन्दै उनको काज सरुवालई अविलम्ब बदर गरी निजलाई अन्य विद्यालयमा व्यवस्थापन गर्न माग गरेका छन् । ज्ञापनपत्र बुझाउँदै सो जगदीश साहको काज सरुवा अविलम्ब फिर्ता नलिएमा चरणवद्ध रुपमा आन्दोलमा विभिन्न कार्यक्रमहरु गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । विद्यालयमा निवर्तमान प्रधानाध्यापक बलिराम साहको अनुपस्थितिमा जगदीश साहलाई जनकपुरधाम उपमहानगरले जवर्जस्तीरुपमा हाजिर गराए पछि शिक्षकहरुले विरोध गरेका स्थानीय अध्यक्ष कर्णले बताए । उनले माग पूरा नभएमा हामी चरणवद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

The post विद्यालयमा हस्तक्षेप गरेको भन्दै शिक्षकहरुद्वारा आन्दोलनको चेतावनी appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/25/100259/