विपदमा ज्यान गुमाएका २ सय २६ जना मृतकका परिवारलाई राहत रकम वितरण

काठमाण्डौ – सरकारले असोज दोस्रो हप्ताको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण गरेको छ । विपद्मा परी ज्यान गएका दुई सय ३८ जना जनामध्ये दुई सय २६ जना मृतकका परिवारलाई गरी पाँच करोड ४६ लाख रुपैयाँ वितरण राहत रकम प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । १२ जना मृतकको पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारण वितरण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । सरकारले प्रति मृतक दुई लाख रुपैयाँका दरले ...

Source : https://ujyaaloonline.com/story/108067/2024/10/22/distribution-relief-money-families-226-deceased