विपद् प्रभावित पालिकालाई वर्गीकरण गरी राहत उपलब्ध गराइने, कुन पालिकालाई कति ?

काठमाण्डाै – सरकारले विपद् प्रभावित पालिकाहरूलाई क्षतिका आधारमा तीन वर्गमा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत उपलब्ध गराउने निर्णय गरेको हो । अतिप्रभावित पालिकामा काभ्रेपलाञ्चोकको रोशी, तेमाल र बेथानचोक गाउँपालिका तथा पनौती र नमोबुद्ध नगरपालिकालाई एक करोड रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी ललितपुरको अत...

Source : https://ujyaaloonline.com/story/107927/2024/10/19/relief-for-municipalities-by-classifying-disaster