सन् २०२४ का नोबेल पुरस्कार विजेता

नोबेल शान्ति पुरस्कार निहोन हिडन्क्यो

नोबेल पुरस्कार (चिकित्सातर्फ)
भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन
नोबेल पुरस्कार (भौतिकशास्त्रतर्फ)
जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन
नोबेल पुरस्कार (रसायनशास्त्रतर्फ)
डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर
नोबेल पुरस्कार (साहित्यतर्फ)
हान काङ
नोबेल पुरस्कार (अर्थशास्त्रतर्फ)
घोषणा हुन बाँकी

जान्ने होइन त
नोबेल पुरस्कारको बारेमा
नोबेल शान्ति पुरस्कारसहित विभिन्न ६ विधामा प्रदान गरिने यो पुरस्कार विश्वकै निकै प्रतिष्ठित पुरस्कार मानिन्छ।

नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्विडिस एकेडमी अफ साइन्सेस, द स्विडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा शान्ति, रसायनशास्त्र, भौतिकशास्त्र, साहित्य र औषधि विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिन्छ।

नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलको वारेसनामाको आधारमा सन् १८९५ मा गरिएको हो। अल्फ्रेड नोबेलको वारेसनामामा उल्लेख भएअनुसार नोबेल पुरस्कारसँग सम्बन्धित सबै प्रकारको प्रशासकीय कार्य नोबेल फाउन्डेसनले हेर्ने गरेको छ।

अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको सुरुवात सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंक भेरिग रिक्स बैंकले शुरू गरेको थियो। यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ। नोबेल पुरस्कारअन्तर्गतको प्रत्येक विधाको पुरस्कार विजेताको छनोट एउटा छुट्टै स्वतन्त्र समितिद्वारा गरिन्छ।

द रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले भौतिक, अर्थशास्त्र र रसायन शास्त्रतर्फको विजेता घोषणा गरी पुरस्कार प्रदान गर्दछ भने कारोलिन्स्का इन्स्टिच्युटले क्रिया विज्ञान तथा चिकित्साको क्षेत्रमा र नर्वेजियन नोबेल समितिले शान्ति विधाको नोबेल पुरस्कार विजेताको छनोट गरी पुरस्कार प्रदान गर्ने गरेको छ। प्रत्येक पुरस्कार विजेतालाई एउटा स्वर्ण पदक, डिप्लोमाको डिग्री र तोकिएको रकम प्रदान गर्ने गरिएको छ।

सन् १९०१ मा पहिलो नोबेल पुरस्कार विजेतालाई पुरस्कारस्वरूप एक लाख ५० हजार सात सय ८२ स्विडिस क्रोन दिइएको थियो। अहिले यो पुरस्कारको राशी नेपाली रुपिया“मा १३ करोडभन्दा बढी रहेको छ।

स्विडिस व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले आफ्नो अधिकांश सम्पतिबाट एउटा कोष खडा गरी नोबेल पुरस्कारको सुरुवात गरेका हुन्। त्यसपछि सन् १९६८ मा स्विडेनको केन्द्रीय बैकले अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रका लागि छुट्टै नोबेल पुरस्कारको स्थापना गरेको थियो।

ल्यदभउिभबअभ।यचन का अनुसार सन् १९०१ र सन् २०२२ बीचमा ६ सय १५ पटक कुल ९ सय ८९ व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार अल्फ्रेड नोबेलको स्मृति दिवस पारेर डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गर्ने गरिएको छ।

Source : https://newsofnepal.com/2024/10/22/674703/