सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित, ठाउँठाउँमा प्रदर्शन

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन स्थगित गरेको जानकारी गराएको हो । गएको बिहीवारदेखि रास्वपाले जिल्ला भेला शुरू गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न र पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निकाल्नुभएको सूचनामा उल्लेख छ । ...

Source : https://ujyaaloonline.com/story/107943/2024/10/19/rsp-district-meeting-postponed-after-rabi-arrested