नवलपुरको कावासोतीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो, २८ जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले जीप दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Source : https://ujyaaloonline.com/story/107948/2024/10/19/jeep-accident-at-kawasoti-in-navalpur