सूर्यदर्शन सहकारीसम्बन्धी पोखरा महानगरपालिकाको ‘गुपचुप’ प्रतिवेदन

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा (यसपछि सूर्यदर्शन सहकारी लेखिनेछ)को अध्यक्ष रहँदा गीतेन्द्रबाबु (जीबी) राईले ‘आफ्नो हात जगन्नाथ’ शैलीमा बचतकर्ताको रकम अपचलन गरेको विषय नयाँ होइन ।  रकम अपचलनको कथा गोर्खा मिडिया नेटवर्क र नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीसँग जोडिएको र जेलिएको छ । नेटवर्कका अध्यक्षमा जीबी राई थिए भने टीभीको व्यवस्थापन र सम्पादकीय नेतृत्वमा रवि लामिछाने थिए, जो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री हुन् । रवि राजनीतिमा आउनुअघि नै रकम अपचलनको विषय राष्ट्रिय राजनीतिमा नउठेको होइन । जब उनी टीभी छाडेर राजनीतिमा आए, अझ गृहमन्त्री भए, तब यो विषय उनी र उनको पार्टीको प्रतिष्ठा र पृष्ठभूमिसँग समेत जोडिएर बहसमा आयो । यतिसम्म कि संसदीय छानबिन समिति नै बनेर प्रतिवेदन आइसकेको छ ।  छानबिन समितिले आफूलाई ‘क्लिन चिट’ दिएको भन्दै यतिखेर रविले ‘प्रोपगान्डा’ मच्चाइरहेका छन् । यद्यपि यस प्रकरणमा रविको नाम मुछिएको अर्को

Source : https://www.ratopati.com/exclusive/452982/pokhara-metropolitan-citys-secret-report-on-surya-darshan-cooperative