७२ फिल्मकर्मीलाई सरकारी परिचयपत्र

चलचित्र विकास बोर्डले बुधबार बोर्डमा एक कार्यक्रम आयोजना गरी फिल्मका विभिन्न विधामा सक्रिय ७२ जना फिल्मकर्मीलाई विशिष्ट फिल्कर्मीको परिचयपत्र प्रदान गरेको छ। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सञ्चार सचिव राधिका अर्यालले फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरेका थिए।


नेपाली भाषाका साथमा जातीय क्षेत्रीय फिल्मका ७२ जना निर्माता, निर्देशक, कलाकार र प्राविधिकलाई फिल्मकर्मी परिचयपत्र प्रदान गरिएको हो। कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म क्षेत्रमा अनवरत योगदान दिएबापत फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरिएको जानकारी गराए। आवेदन दिएका २ सय ४ जनामध्ये ७२ जना फिल्मकर्मीलाई परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ।


कार्यक्रममा प्राविधिक नगेन्द्र घिमिरे, कमलप्रसाद मिश्र, तुलबहादुर तामाङ, महेन्द्र तामाङ, सानुमान तामाङ, पूर्णबहादुर तामाङ, बालदीप राई, अशोक रोक्का, माधव थापा, मेघराज पौडेल, बोझबहादुर पौडेल, विश्वराम केसी, राजु खत्री क्षेत्री, सनमकुमार श्रेष्ठ र हरिप्रसाद पौडेल, श्रृंगारकर्ता सन्ते (सन्तु) तामाङ, निर्देशक उदयकुमार इङ्नाम, सुनिलप्रसाद पाण्डे, केदारप्रसाद पाठक, केशवबहादुर रायमाझी, रमेश कोइराला, विजयरत्न तुलाधर, विमल पौडेल, रविराज अर्याल, सन्तोषबाबु लोहनी, राजेन्द्रकुमार उपे्रती, देवकुमार श्रेष्ठ र आकाश अधिकारी, छायांकार राजुविक्रम थापा, मदन घिमिरे, रत्न ढकाल र दिव्यराज सुवेदी, कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, शोभितराम बस्नेत, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिब्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजंग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुंगाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डंगोल, शंकरप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुंगाना, म्याक्चुङ गौतम (हिउ“वाला), शालिकराम कार्की, सरोजकुमार खनाल र रामशरण जंगम, द्वन्द्व कलाकार नानीकाजी डंगोल, कला निर्देशक निर्जलकुमार श्रेष्ठ, द्वन्द्व निर्देशक उदयसिंह बोहरा, कुमार महर्जन र रोशन श्रेष्ठ, निर्माता कृष्णप्रसाद पोखरेल, नवल खड्का, मधुसुधन प्रधान र लालुराम सापकोटा, नृत्य निर्देशक राजेन्द्र शाह र गोविन्द नेपाली, गीतकार राजेन्द्र थापा र प्रमोद ढुंगाना, संगीतकार चेतनाथ सापकोटा तथा प्रदर्शक कपिलप्रसाद द्वालाई परिचयपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विशिष्ठ श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका कलाकार रामचन्द्र अधिकारीलाई औषधि उपचार बिमा बापत प्राप्त रकमको चेक हस्तान्तरण गरिएको थियो।


कार्यक्रममा मन्त्री सुब्बाले फिल्म क्षेत्रको विकासमा २४ घण्टा कार्य गर्न तयार रहेको बनाए। मन्त्री गुरुङले एक वर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयार रहेको बताए। गुरुङले फिल्म ऐनको मस्यौदा लेखन कार्य सकिएको जानकारी गराउ“दै संसद्, कानून र प्रधानमन्त्रीको कार्यालयसँग यसबारे समन्वय गर्ने बताए।

Source : https://newsofnepal.com/2024/11/21/679231/