अन्तर्राष्ट्रिय उडानमा रहेका नेपाल एअरलाइन्सका ३ वटै विमान सञ्चालनमा

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा 'न्यारोबडी' विमान नियमित उडानमा रहेका छन् । एउटा 'वाइडबडी' विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाण्डौ ल्याई तत्काल मर्मतको काम सकेर हिजो बेलुकीदेखि उडानमा ल्याइएको उहाँले जानकारी दिनुभयो । अस्ति शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई वटा न्यारोबडी विमान नियमित उडानमा रहेका...

Source : https://ujyaaloonline.com/story/108012/2024/10/21/all-3-planes-of-nac-operating-on-intl-flights