इजरायली आक्रमणमा हमासका मुख्य नेता सिनवारको ज्यान गयो

इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । यसबारे हमासको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । त्यसअघि इजरायली विदेशमन्त्री इजरेल काट्जले  सिनवारको ज्यान गएको भएको भन्दै विभिन्न देशका आफ्ना समकक्षीलाई व्यक्तिगत सन्देश पठाएको बीबीसीले जनाएको छ । सन्देशमा उहाँले गएको वर्ष अक्टोवर ७ मा भएको आक्रमणको मुख्य योजनाकर्ता हमास नेतालाई इजरायली सैनिकले मारेको उल्लेख गर्नुभएको छ । ...

Source : https://ujyaaloonline.com/story/107885/2024/10/18/hamas-leader-sinwar-killed-israeli-attack