आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ – आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले जनाएको छ । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम कम गर्न बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै...

Source : https://ujyaaloonline.com/story/107891/2024/10/18/vitamin-a-deworming-medicine-being-administered