इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा

इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ । तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा इजरायली सैनि...

Source : https://ujyaaloonline.com/story/108192/2024/10/26/israel-announces-end-sanctions-against-iran