प्राधिकरणको नयाँ कदम : बक्यौता नतिर्ने उद्योगका खाता रोक्कादेखि शेयर निष्कासन रोक्न पत्राचार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन वटा निकायमा पत्राचार गरेको छ । प्राधिकरणले आज नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिश गरेको हो । प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ । यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद/बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै...
Source : https://ujyaaloonline.com/story/109335/2024/11/27/nea-new-action-against-non-payment-of-dues