टेस्ट क्रिकेटमा भारतमाथि न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

काठमाण्डौ – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम टेस्टमा भारतलाई २५ रनले पराजित गरेको छ । मुम्बईको वानखडे स्टेडियममा एक सय ४७ रन पछ्याएको भारतले एक सय २१ रन मात्रै बनाउन सक्यो । सन् २००० यता घरेलु शृङ्खलामा भारत ह्वाइटवास भएको यो नै पहिलो पटक हो । तीन टेस्टको शृङ्खलामा न्युजिल्यान्ड ३–० ले विजयी रह्यो । तेस्रो दिन झिनो लक्ष्य पाएको भारतका लागि ऋषव पन्तबाहेक अरू ब्याटरले राम्रो गर्न सकेनन् । ऋषवले ६४ रन बनाए । कप्तान रोहित शर्माले ११ र वासिङटन सुन्दरले १२ रन बनाए । घरेलु टोली २९ दशमलव १ ओभरमै अलआउछ भयो । ...

Source : https://ujyaaloonline.com/story/108442/2024/11/3/new-zealand-historic-clean-sweep-over-india-