तिहार नजिकिँदै, ढकमक्क फुल्न थाले सयपत्री र मखमली (तस्वीरहरू)

काठमाण्डाै – रङ्गीचङ्गी फूल र झिलिमिली बत्तीकाे पर्व तिहार आउन अब १० दिनमात्र बाँकी छ । यही कात्तिक १४ गतेदेखि तिहार शुरू हुँदैछ । तिहार नेपालीहरूकाे दाेस्राे ठूलाे चाड हाे । तिहार नजिकिएसँगै अहिले खेतबारी, फाँट र घरआँगन वरिपरि ढकमक्क सयपत्री र मखमली फूल्न थालेका छन् । सयपत्री र मखमली ढकमक्क फुल्दा खेतबारी र फाँट आकर्षक देखिएका छन् जसले तिहारकाे झल्काे दिइरहेकाे छ । सयपत्री तिहारमा प्रयाेग हुने मुख्य फूलमध्ये एक हाे । कागतिहारदेखि भाइटीकासम्म सयपत्री र मखमली फूलकाे प्रयाेग हुन्छ । तिहार...

Source : https://ujyaaloonline.com/story/107945/2024/10/19/tihar-is-near-the-flowers-started-to-bloom