सुडानमा ३० लाखभन्दा धेरै मानिस हैजाको जोखिममा

संयुक्त राष्टसङ्घीय बाल कोष (यूनिसेफ) ले सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ । यूनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित झन्डै ३० लाख मानिस हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत जनाएको हो । युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर झन्डै ५० प्रतिशतमा झरेको छ । द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौ...

Source : https://ujyaaloonline.com/story/107949/2024/10/19/more-than-3-million-people-sudan-risk-cholera