तीन महिनामा भित्रियो करिब १० अर्ब मूल्य बराबरको स्मार्टफोन

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा ६ लाखभन्दा बढी स्मार्टफोन आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रुपैयाँका स्मार्टफोन आयात गरिएको हो ।

आयात गरिएका ६ लाख ५५ हजार ६३१ स्मार्टफोनबाट सरकारले एक अर्ब ८३ करोड ३५ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०८०÷८१ को पहिलो तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँका ६ लाख ४२ हजार ४१५ स्मार्टफोन आयात गरिएको थियो ।

Source : https://onlinetvnepal.com/2024/10/185172/