नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाण्डाै – नेदरल्यान्ड्सका अलराउन्डर बास डे लीडले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । नेदरल्यान्ड्सका अलराउन्डर लीडलाई टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । उनले नेदरल्यान्ड्का लागि ३८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ६ सय ९७ रन बनाउनुका साथै ३३ विकेट लिएका छन् । बास डे लीडलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो बनाउने य...

Source : https://ujyaaloonline.com/story/108008/2024/10/21/bas-de-leede-will-play-npl-from-pokhara-avengers