नेपाल बैंकको नाफामा उल्लेख्य बढोत्तरी, ईपीएसमा पनि सुधार  

काठमाडौँ । नेपाल बैंक लिमिटेडको खुद नाफा उल्लेख्य बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढेको हो । 

यसअवधिमा बैंकले कुल ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद नाफामा उल्लेख्य बढोत्तरी भएको हो । पहिलो त्रैमासमा बैंकको इम्पेयरमेन्ट चार्ज ६८ करोड ८४ लाख रुपैयाँ झरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको थियो । 

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ०.४३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.०३ प्रतिशतले घटेको छ । सँगै बैंकको कुल सञ्चालन आम्दानी पनि ०.००८ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ५६४.४१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २५ रुपैयाँ ८० पैसा रहेको छ । 

समीक्षा अवधिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ५१ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.९८ गुणा रहेको छ । 

Source : https://arthasarokar.com/2024/10/nepal-bank-145.html