परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण रद्द भएको छ। उनी मंसिर १० गते स्वास्थ्य उपचारका लागि जापान जाने र मंसिर १४ गते चीनतर्फ प्रस्थान गर्ने योजना थियो। हाल जापानको भ्रमण जनवरी ५ पछि सारिएको छ। तर, मन्त्री राणाको चीन यात्रा पनि अनिश्चित बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गते देखि २१ गते सम्म चीन भ्रमण तय भए पनि औपचारिक मिति घोषणा र मन्त्रिपरिषद् स्वीकृति पाएको छैन। भ्रमणको एजेन्डामा स्पष्टता नआउँदा मन्त्री राणाको बेइजिङ यात्रा अन्योलमा परेको हो।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि प्रस्तावित मिति चीनले सुझाएको हो। तर, भ्रमणका एजेन्डा तय नहुँदा सत्तारूढ दलहरूबीच सहमति नबनेकाले मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गर्न सकेको छैन। मंसिर १५ मा चिनियाँ विदेशमन्त्री वाङ यीसँग राणाको भेटवार्ता तय भए पनि चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट हुनेबारे स्पष्ट छैन।

यसअघि, मन्त्री राणाले भदौमा स्वास्थ्य परीक्षणकै सिलसिलामा भारत भ्रमण गर्दा प्रधानमन्त्री मोदी र भारतीय समकक्षी सँग भेटवार्ता गरेकी थिइन्।

 

 

 

The post परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496674/