पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी (फोटोफिचर)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् ।

रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ जादै छन् । आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ ।

यस अघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो । 

प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।

The post पोखरामा रास्वपाको प्रदर्शन आज पनि जारी (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102529/