बङ्गलादेशमा सत्ता परिवर्तनपछिको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड डलर क्षति

बङ्गलादेशमा सत्ता परिवर्तनपछि उद्योग क्षेत्रमा भएको विरोध प्रदर्शनले गार्मेन्ट उद्योगमा ४० करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । बङ्गलादेशको निरङ्कुश प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको आन्दोलनपछि भएको अशान्तिका कारण बङ्गलादेशको महत्त्वपूर्ण गार्मेन्ट उद्योगले ४० करोड डलर गुमाएको उद्योग सम्बद्ध अधिकारीहरूले बताएका छन् । अशान्तिका कारण बङ्गलादेशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रमा ठूलो समस्या उत्पन्न भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अहिले पनि बङ्गलादेशमा गार्मेन्ट उद्याेग...

Source : https://ujyaaloonline.com/story/108001/2024/10/21/bangladesh-garment-industry-cost-400-mn-dollar