हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गर्दै इजरायली आक्रमण

इजरायलले लेबनानको राजधानी बेरुतका कैयौं ठाउँमा बमबारी गरेको छ । इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानहरूलाई निशाना बनाएको बीबीसीले जनाएको छ । यो आक्रमणअघि इजरायलले बेरुतको २४ ठाउँमा आक्रमण गर्ने योजना बनाएको चेतावनी दिएको थियो । इजरायली सुरक्षा बल (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंकलाई निशाना बनाउने बताएको थियो । आईडीएफका प्रवक्ताले आउँदा दिनमा इरानले हिजबुल्लाहलाई कसरी आर्थिक सहयोग गर्छ भन्ने कुरा सबै सामु ल्याउने पनि बताएका थिए । यसैबीच इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा रहेको दाह...

Source : https://ujyaaloonline.com/story/108009/2024/10/21/israel-again-targets-hezbollah-positions